असार २२, २०८२ आइतबार July 6, 2025

हेटौंडा राजधानी भएको खुसीयालीमा विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मकवानपुर । प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम भएकोमा प्रदेशकै अन्य जिल्लाका बासिन्दाले असन्तुष्टि पोखिरहेका छन् । अपायक स्थानमा राजधानी राखेको भन्दै जनप्रतिनिधिको आलोचना भइरहेको छ ।

राजधानीलाई लिएर प्रदेश ३ का बासिन्दामा असन्तुष्टि बढिरहे पनि मकवानपुर जिल्लामा भने खुसीयाली छाएको छ । राजधानी पाएको खुसीमा विद्यालय बन्द गर्नेदेखि घरजग्गा व्यवसायीले जनप्रतिनिधिहरुलाई बधाईसम्म दिएका छन् ।

विद्यालय बन्द गरेर मनाइयो खुसियाली

प्रदेश ३ को राजधानी हेटौंडा कायम भएको खुसीयालीमा विद्यालय नै बन्द गरिएको छ । हेटौंडा उपमहानगरपालिका ६ नं. वडा कार्यालयले वडाभित्रका सबै विद्यालयमा सोमबार छुट्टी दिएको हो ।

सहायक वडा प्रशासकीय प्रमुख इन्दिरा कुमारी न्यौपानेद्वारा जारी सूचनामा प्रदेशको नाम बागमती र राजधानी हेटौंडा भएको सुखद् उपलक्ष्यमा पुस २८ का दिन वडाभित्रका निजी तथा सामुदायिक विद्यालयको पठनपाठन बन्द गर्न भनिएको छ ।

तर हेटौंडा उपमहानगरपालिका-६ का वडाध्यक्ष अर्जुन चापागाईंले भने विद्यालय छुट्टी नदिएको दाबी गरेका छन ।

बिहान केहीबेर खुसीयाली मनाएर त्यसपछि पठनपाठन यथावत् सञ्चालन गरिएको उनको भनाइ छ । ‘खुसीयाली मनाउने क्रममा केही कक्षा नभएको हुनसक्छ । तर विद्यालय नै बन्द गरिएको होइन’, वडाध्यक्ष चापागाईंले भने ।

सूचना निकालेर घरजग्गा व्यवसायीको बधाई

हेटौंडाले राजधानी पाएकोमा घरजग्गा व्यवसायी त पुलकित नै भएका छन् । खुसीयालीमा उनीहरूले काठमाडौंबाट प्रकाशित हुने दैनिक पत्रिकामा सूचना छापेर बधाई नै दिएका छन् ।

बधाई सन्देशमा हेटौंडालाई प्रदेशको स्थायी राजधानीमा परिणत गर्न पहल गर्ने सम्पूर्ण स्थानीय तह, जनप्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मीलगायतप्रति आभार प्रकट गरिएको छ ।

घरजग्गा व्यवसायीले दिएको बधाई सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रदेश राजधानी हेटौंडा बनाइएकोप्रति असन्तुष्टहरूले यसको कटाक्ष गरेका छन् ।

‘प्रदेशसभा सदस्यहरूलाई मात्र हो र सहयोग पुर्‍याउने सबैलाई आउन थाल्यो बधाई । ल अब टन्न खानुहोस्,’ नुवाकोटमा क्रियाशील पत्रकार रामहरि न्यौपानेले सूचनाको कटिङ आफ्नो फेसबुक पेजमा सेयर गर्दै लेखेका छन् ।

अपायक स्थानमा राजधानी बनाएको भन्दै अन्यले पनि यसरी नै असन्तुष्टि पोखिरहेका छन् ।

हेटौंडालाई अस्थायी राजधानी बनाएदेखि नै यहाँ घरजग्गाको कारोबार ह्वात्तै बढेको थियो । स्थायी राजधानी नै भएपछि कारोबार अझै बढ्ने अनुमान गरिएको छ ।

यसअघि हेटौंडा उपमहानगरपालिकाले हेटौंडाभन्दा बाहिर घर भएका सांसदहरुलाई सरकारी दररेटमा १० धुरको दरले घडेरी उपलब्ध गराउने निर्णयसमेत गरेको थियो । यसलाई कतिपयले प्रदेश ३ को राजधानी हेटौंडामा नै कायम राख्न सांसदहरुलाई प्रलोभनमा पारेको भनेर विरोध गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार