काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्न लागेको बृहत् जनसभा कार्यक्रम स्थगित भएको छ ।
राप्रपाले यहीँ पुस २३ गते विस्तारित बैठक र २४ गते बृहत् जनसभा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।
मौसम प्रतिकुलताका कारणले २४ गते हुने बृहत् जनसभा कार्यक्रम स्थगित गर्नुपरेको कर्णाली प्रदेश समितिका अध्यक्ष दिपबहादुर शाहीद्वारा जारी प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।
पुस २४ गते सुर्खेतको वीरेन्द्रनगरमा हुने बृहत् जनसभालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।
कर्णाली प्रदेश अध्यक्ष शाहीका अनुसार स्थगित बृहत् जनसभा कार्यक्रम अब माघ १५ गते आयोजना गरिने छ । तर, पुस २३ गते सुर्खेतको वीरेन्द्रनगरमा हुने विस्तारित बैठक भने यथावत् रहने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया