असार २४, २०८२ मंगलबार July 8, 2025

काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो ।

आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।

आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । यद्यपि यसमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको अनुमान छ ।

राज्यलाई कर नतिरेको भन्दै विप्लव समूहले एनसेललाई निशाना बनाउँदै आएको छ । गत वर्ष फागुनमा विप्लव समूहले भैंसेपाटीस्थित एनसेल मुख्यालयमा बम विष्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो । त्यसपछि पनि एनसेल लक्षित आक्रमण हुँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया