असार २३, २०८२ सोमबार July 7, 2025

समाजवादी प्रेस सङ्गठनको राष्ट्रिय भेला काठमाडौँमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः समाजवादी प्रेस सङ्गठन नेपालले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय भेला गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको उपस्थितिमा आज बसेको सङ्गठनको बैठकले राष्ट्रिय सम्मेलनअगावै जिल्ला र प्रदेश भेला सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय भेलामा प्रस्तुत गरी अनुमोदन गर्ने प्रयोजनका लागि मस्यौदा तयार गर्न महासचिव भूपराज खड्काको संयोजकत्वमा समिति गठन गरेको छ । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको सभापतित्वमा सम्पन्न बैठकले सङ्गठनको उपाध्यक्षमा विश्वमणि सुवेदी र नरेन्द्र साउद, उपमहासचिवमा रामकुमार एलनलाई मनोनित गर्ने निर्णय गरेको छ ।

सो अवसरमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव खतिवडाले समाजका सत्यतथ्य घटनालाई यथार्यरूपमा सुसूचित गर्न पत्रकारिता क्षेत्रको उल्लेखनीय महत्व रहेकाले यसलाई व्यावसायिक, थप मर्यादित बनाउन सङ्गठनले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय भेलालाई समयमा सम्पन्न गर्न आवश्यक कार्यतालिका निर्माण गरी कार्यान्वयनका लागि सुझाव दिनुभयो ।

सङ्गठनका अध्यक्ष श्रेष्ठले पत्रकारको सीप, क्षमता अभिवृद्धि गरी उनीहरुको हकहित र अधिकारको संरक्षणका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया