असार २३, २०८२ सोमबार July 7, 2025

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले)को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो ।

आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ ।

सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गतेसम्मका लागि अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिनुभयो ।

मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन एक महिना पछि सरेको एमाले हुम्लाले जानकारी दिएको छ । यस्तै उक्त बैठकले नेकपा (एमाले)मा नवप्रवेशीलाई स्वागत गर्ने निर्णय गरेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया