असार २३, २०८२ सोमबार July 7, 2025

एमाले थप शक्तिशाली भएर अगाडि बढ्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले थप शक्तिशाली र ऊर्जावान पार्टी भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

एमाले जिल्ला कमिटी भक्तपुरको आठौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले भने, “एमाले अबको तीन तहको चुनावपछि मुलुकको सबैभन्दा ठूलो, शक्तिशाली पार्टी बनेर उदाउने छ, एमालेको विकास र समृद्धिको अभियानलाई फेरी अगाडि बढाउने छ ।”

उपाध्यक्ष पोखरेलले एमालेले स्वाभिमान र स्वतन्त्रताका साथमा सामाजिक सद्भाव कायम गर्दै समाजलाई रुपान्तरण गर्ने लक्ष्यका साथ अगाडि बढेको दावी गरे ।

एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले केपी ओलीले सरकारको नेतृत्व गरेको बेलामा भक्तपुरको विकासले गति लिएको दावी गरे ।

एमाले केन्द्रीय सदस्य एवम् भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्रले एमालेलाई भक्तपुरमा पहिलो शक्ति बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया