असार २३, २०८२ सोमबार July 7, 2025

एमाले ललितपुरमा महाभिडन्तः नेतृत्व हात पार्न चेतनाथ सञ्जेल र पुरुषोत्तम आचार्यबीच रस्साकसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी एमाले ललितपुरको आठौँ जिल्ला अधिवेशन शुरु भएको छ । शुक्रबार ललितपुरको मध्यक्षेत्र मानिएको पाटनको मंगलबजारमा शुक्रबार भएको उद्घाटनशत्र भब्यताका साथ सकिएको हो ।

दुई दिन अर्थात पौष २३ र २४ गतेसम्म सञ्चालन हुने जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व हात पार्नका लागि यतिबेला जिल्ला तहमा व्यापक सरगर्मी र आन्तरिक रस्साकस्सी बढेको छ । नयाँ अध्यक्षका लागि यतिबेला प्रदेश सभा सांसद रहेका चेतनाथ सञ्जेल र पार्टी जिल्ला सचिव पुरुषोत्तम आचार्यले आ आफ्नो पक्षमा तयारी गरिरहेका छन्।

लामो समयसम्म पार्टी र जनताको पक्षमा काम गरिरहेका यी दुवै नेता आपसमा भिड्ने तयारी गरिरहँदा आम कार्यकर्ताहरुमा भने नैतिक संकट उत्पन्न भएको चर्चासमेत हुन थालेको छ। विद्यार्थी राजनीतिबाट आएका आचार्य पनि पार्टी केन्द्रसम्म राम्रो पहुँच राख्नसक्ने र अन्य केही पेसा व्यवसाय नगरी फुल टाइम पार्टीको काममा सक्रिय रहेका नेता हुन् । उता एमालेको चापागाउँ गाउँ कमिटिको उपाध्यक्ष अध्यक्ष, इलाका कमिटि, क्षेत्रीय कमिटिको उपाध्यक्ष,अध्यक्ष रहेका चेतनाथ सञ्जेल पनि सांसद पदमा निर्वाचित भएपछी विकास निर्माण र जनताको पक्षमा गरेको उदाहरणीय र ऐतिहासिक कामबाट राम्रै छाप राख्न सफल भएका लोकप्रिय नेता हुन् ।

पार्टीका वर्तमान अध्यक्ष हरिकृष्ण व्यंजनकार लगायत जिल्ला तहका सबै नेताहरु जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नका लागि तयारी भईरहेको र सर्वसम्मत नै चयन हुनेमा आशावादी रहेको बताँउछन् । अध्यक्ष व्यंजनकार पार्टीको चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि केन्द्रिय सदस्यमा मनोनित भएका हुन् ।

एमालेका प्रभावशाली अध्यक्षका प्रत्याशी सञ्जेललाई अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समर्थन रहेको उनीनिकट एक नेताले जानकारी दिएका छन् । अध्यक्ष बन्नका लागि यतिबेला सञ्जेलले जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुसँग भेटघाट बढाई रहेका छन् । जनप्रतिनिधि भएपछी गरेको जनपक्षीय कामबाट १ नं क्षेत्र मात्र नभई सिंगो जिल्ला पंक्तिमा आफ्नो पकड बलियो रहेको समेत संजेलले दावी गरेका छन्।अधिवेशनको शुक्रबार पहिलो दिन उद्घाटनशत्र सकिएको छ भने दोस्रो दिन आज मात्र बाँकी रहेको अवस्थामा दुई दावेदारहरु मिलेर जान र सर्वसम्मत नेतृत्व चयन गर्नका लागि आम जिल्ला पार्टी पंक्ति र कार्यकर्ताहरुको दवाब रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया