असार २३, २०८२ सोमबार July 7, 2025

एमाले दाङको अध्यक्षमा बस्नेतः पाल्पामा घिमिरे निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । उहाँ निवर्तमान उपाध्यक्ष हुनुहुन्छ ।

शुक्रबार सम्पन्न १३ औँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हीरादेवी पुनलाई चयन गरिएको छ । जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

पाल्पा अध्यक्षमा घिमिरे

एमाले पाल्पाको जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा तथा सुनीता शर्मा चयन हुनुभएको छ । अधिवेशनले घिमिरेको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया