असार २२, २०८२ आइतबार July 6, 2025

अफगान बैंकहरूमा आर्थिक अभाव घट्दै, अन्तराष्ट्रिय समुदायबाट पनि सहयोग उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानका बैंकहरूमा दिनदिनै अभाव घट्दै गएको र अन्तर्राष्ट्रिय समुदायले पनि देशलाई नगद उपलब्ध गराएको तालिवान समूहले जनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अफगानिस्तानको वित्तीय स्रोतको सुरक्षा भइरहेको र आर्थिक सङ्कट पनि रोकिइरहेको तालिबानका कार्यवाहक विदेशमन्त्री आमिर खान मोताकीको भनाइ उद्धृत गर्दै खामा प्रेसले जनाएको छ ।

उहाँले तालिबानले अफगानिस्तानको आर्थिक पतनलाई रोकेको बताउनुभयो । मोताकीले भन्नुभयो, “अफगानिस्तानका बैंकहरूमाथि दिनदिनै दबाब घट्दो छ ।”

तालिवानको अन्तरिम सरकारले अहिलेसम्म कर्मचारीको तलबको बिल तीन महिनाका लागि भुक्तानी गरेको र चौथो महिनाको तलब दिने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।

तथापि, ठोस सहयोगको अभावमा अफगानिस्तानमा मानवीय स्थिति दिन प्रतिदिन खराब हुँदै गइरहेको भन्दै संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले अफगानिस्तानको स्थितिलाई सम्बोधन गर्न हालसम्म १.५ बिलियन अमेरिकी डलर संकलन गरेको जनाएको छ ।

एसियाली राष्ट्र अफगानिस्तानमा देशका अधिकांश भूभागमा हिऊ परेको र हिउँदे बर्षाका कारण उपलब्ध खाद्यान्नलाई आवश्यक भएको स्थानमा पु¥याउन कठिनाई भइरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी समन्वय कार्यालयका महासचिव स्टेफन डुजारिकले बताउनुभयो । उहाँले हालसम्म १.५ अर्ब अमेरिकी डलर संकलन गरिसकेको बताउनुभयो छ । रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार