काठमाण्डौंः ललिता निवास प्रकरणमा भ्रष्टाचारको छानबिन गर्न पार्टीको तर्फबाट उच्च स्तरीय समिति गठन गर्ने निर्णय भएको छ । नेपाली काँग्रेस (वी.पी.) पार्टी र नेपाल प्रजातान्त्रिक महासंघ अध्यक्ष गोविन्द प्रसाद शर्मा समुह बिच एकिकरण पछि पहिलोपटक काठमाडौमा बसेको नेपाली काँग्रेस (वी पी) पार्टीको केन्द्रिय समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।
माउन्टेन फुडल्यान्ड अनपुर्ण चोक ढुङ्गेधारा बनस्थलीमा बसेको बैठकले सातवटै प्रदेश र ७७ जिल्ला सहित ७५३ स्थानीय तह सम्म संगठन निर्माणका लागी सातै प्रदेशमा एकै दिन कार्यक्रम गरि संगठन विस्तारको कार्यक्रम सुभारम्भ गरि जनताको घर दैलो सम्म पुर्याउने लगायतका निर्णय भएको सो पार्टिका कार्यालय सचिव सुशिल राज वाग्लेले जानकारी दिए ।
पार्टी उप-सभापति भरतराज शर्मा (पुर्व नेपाल प्रहरीका SSP तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोकका अनुसन्धान बिज्ञ ) को नेतृत्वमा ठुला भस्ट्राचार लगायत ललिता निवास लगाएतको भ्रष्टाचारको छानबिन गर्न उच्च स्तरीय समिति गठन पार्टीको तर्फबाट गर्ने निर्णय भएको उनले बताए । साथै उनले पौष २७ गते मंगलबार पृथ्वी जयन्ती मनाउने र सरकारसँग सार्वजनिक बिदा दिन माग गर्ने निर्णय भएको बताए ।
बैठकले विचार मिल्ने पार्टी, संघ समुहहरुसँग तत्काल नेपाली जनताहरुको एजेन्डा स्थापित गर्नको लागि शक्ति निर्माण गर्न तत्काल वार्ता अगाडि बढाउने लगाएतका निर्णय गरिएको छ ।
बैठकमा केन्द्रिय सदस्यहरु प्रधुम्न कार्की, नानिकाजी प्याकुरेल, ई. हुकुम बहादुर तामाङ, बुद्ध लामा, विश्वनाथ अधिकारी, पुण्यप्रसाद पौडेल, दिपक कार्की, झविन्द्र आचार्य, कुसुम ब्रर्ज्राचाय, माधव न्यौपाने, भुवनेश्वर जोशी, रोमन पुरी, नेपाल शिक्षक संघ (वी पी) बाट मीन बहादुर नेपाली, नेविसंघ (वी पी) का अध्यक्ष विकास पाण्डे,राजु ढकाल , पार्टी धार्मिक दुत धर्म गुरु लामा घ्याछो रिम्पोछे आदिले आफ्ना धारणा राखेका थिए ।
उक्त बैठकमा पार्टी महामन्त्री भक्तराज भुसाल र देवेन्द्र प्रकाश पौडेलबाट बैठकको प्रस्ताव (एजेन्डा) तथा प्रतिवेदन प्रस्तुत भएको थियो । उप-सभापति पुष्पराज पराजुली, वरिष्ठ उप-सभापति गोविन्द प्रसाद शर्मा, झलकनाथ वाग्ले र सभापति सुशील मान शेरचन ले केन्द्रिय सदस्यहरुको जिज्ञासाको उत्तर सहितको सम्बोधन गर्दै आएका धारणा हरुको सामाधान गरिएको थियो । बैठकले विभिन्न समिति, उप समिति, केन्द्रिय बिभागहरुको गठन तथा हेरफेर गर्न केन्द्रिय पदाधिकारी हरु लाई अधिकार प्रत्यायोजन गरेको छ । बैठकले पार्टी सभापति शुशिलमान शेरचन र नेपाल प्रजातान्त्रिक महासंघ समुहका नेता गोविन्द प्रसाद शर्मा बिच भएको सहमति पारित गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया