असार २३, २०८२ सोमबार July 7, 2025

आनन्दराज बतासको बचाउमा उत्रिए कमल थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका छन् ।

सत्ता र राजनीतिक संरक्षणको सिँढिमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला थापाले बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको बताएका हुन् ।

‘भित्री रहस्य थाहा छैन। मैले चिनेको (आनन्द बतास) सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

बतासबाट कानुन उल्लंघन भएको कारबाही गरिनुपर्ने तर चरित्रहत्या गरिनु ठिक नभएको उनको भनाइ छ । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया