असार २२, २०८२ आइतबार July 6, 2025

मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दमनको परकाष्ठः अमेरिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले कजाकस्तानमा सरकारले प्रदर्शनकारीलाई गोली हान्न दिएको आदेशको आलोचना गरेका छन् ।

मध्यएसियाली देश कजाकस्तानमा मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीविरुद्ध सरकारले चरम दमन गरिरहेको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकी विदेशमन्त्रीको भनाई सार्वजनिक भएको हो ।

‘कजाकस्तानमा सरकारले प्रदर्शनकारीमाथि गरेको दमनको अमेरिकाले निन्दा गर्छ । सरकारले प्रदर्शनकारीलाई गोली ठोक्न सुरक्षाकर्मीलाई आदेश दिएको छ । यो गलत आदेश हो,’ उनले भने ।

मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिनु दमनको परकाष्ठ भएको उनले बताए ।

कजाकस्तानको अवस्थाबारे अमेरिकाले नजिकबाट हेरिरहेको बताउदै उनले सरकारले प्रदर्शनकारीको अधिकार रक्षा गर्न माग गरेका छन् ।

प्रहरीको गोली लागेर मूल्य बृद्धिको विरोधमा उत्रिएका १६० प्रदर्शनकारीको मृत्यु भएको छ भने पाँच हजार ८०० जना पक्राउ परेका छन् । त्यस्तै, दोहोरो झडपमा १६ सुरक्षाकर्मी मारिएका छन् । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार