असार २३, २०८२ सोमबार July 7, 2025

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमाले ललितपुर अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन भएका छन् । सातदोबाटोस्थित एक पार्टी प्यालेसमा आइतबार राति सम्पन्न अधिवेशनबाट आचार्य अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

आइतबारको बन्दसत्रमा अध्यक्ष मण्डलले सर्वसम्मत चयन भएको कमिटिको नामावली निवर्तमान अध्यक्ष हरिकृष्ण व्यन्जनकारले पढेर सुनाएका हुन् ।

कमिटिको उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत तथा सहसचिवमा श्याम व्यञ्जनकार र तारा सञ्जेल चुनिएका छन्।

बन्दसत्रले आचार्यको अध्यक्षतामा १२० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया