असार २४, २०८२ मंगलबार July 8, 2025

प्रहरीमा ठुलो संख्यामा इन्स्पेक्टर र असई पदमा नयाँ भर्ना खुल्यो (विज्ञापन सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेपाल प्रहरीको जनपद समूह तर्फ रिक्त रहेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) को लागि नयाँ भर्ना खुला भएको छ ।

प्रहरीको भर्ना छनौट महाशाखाले समावेशी आधारमा १ सय ४९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र ५ सय ८४ जना प्रहरी सहायक निरीक्षक (असई) को माग गरेको हो । जस अनुसार खुला तर्फ ८० जना इन्सपेक्टर र असई तर्फ ३ सय १५ जना माग गरेको हो।

यी पदका लागि सातै प्रदेशका प्रहरी मुख्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया