काठमाण्डौंः कोभिड संक्रमण बढिरहेका बेला चिनियाँ अधिकारीहरुले तियानजिन सहरमा नयाँ यात्रा प्रतिबन्ध लगाएका छन् । संक्रमण बढेपछि केही दिनअघि सो सहरमा सरकारले लकडाउन घोषणा गरेको थियो । यसअघि सरकारले सियान सहरमा पनि लकडाउन घोषणा गरेको थियो ।
तियाजिनका अधिकारीहरुले बेइजिङ छुट्ने बस तथा चार्टर सेवा रोकेको छ । तियानजिन सहरमा बुधबार एकै दिन ९७ जनामा संक्रमण देखिएको छ । ग्लोबल टाइम्सका अनुसार ओमिक्रोन संक्रमित एक जना विद्यार्थीका कारण १० जनामा संक्रमण फैलिएको थियो ।
ओमिक्रोनसहित ८४ जनामा संक्रमण देखिएपछि यसअघि सरकारले एनियाङ सहरमा प्रतिबन्ध लगाएको थियो । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया