असार २२, २०८२ आइतबार July 6, 2025

विधान चुनाव अगावै उत्तर प्रदेशमा भाजपाका १५ विधायकले पार्टी छाडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एक महिनापछि हुन लागेको विधानसभाको निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा)लाई उत्तर प्रदेशमा धक्का लागेको छ ।

आउँदो फेब्रुअरीमा उत्तर प्रदेशमा विधानसभाको निर्वाचन हुँदै छ । तर, चुनाव आउनु एक महिनाअघि भाजपाका १५ विधायकले पार्टी त्याग गरेका छन् ।

जसमा मौजदा उत्तर प्रदेश सरकारका वरिष्ठ मन्त्रीसमेत छन् । योगी आदित्यनाथ सरकारमा वरिष्ठ मन्त्री रहेका स्वार्मीप्रसाद मौर्य र दारासिंह चौहान छन् ।

यस्तै भाजपा परित्याग गर्नेहरूमा भगवती सागर, रोशन लाल वर्मा, विनय शाक्य, अवतार सिंह भाडाना, बृजेश प्रजापति, मुकेश वर्मा, राकेश राठौर, जय चौबे, माधुरी वर्मा, आरके शर्मा, बाला अवस्थी र धर्म सिंह सैनी छन् ।

विधानसभाको ४०३ का सिटका लागि उत्तर प्रदेशमा १० फेब्रुअरी १० देखि ७ मार्चसम्म सात चरणमा निर्वाचन हुँदै छ ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार