श्रावण २, २०८२ शुक्रबार July 18, 2025

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आगामी चैतमा उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो ।

सरकारले उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरुलाई तत्काल आग्रह गर्ने निर्णय गरेको छ । अहिले सरकारले विद्यालय बन्द गरेर १२ देखि १८ वर्ष उमेर समूहलाई खोप लगाइरहेको छ ।

अग्रभागमा खटिने र ६० वर्षभन्दा माथिको उमेर समूहकालाई सरकारले बुस्टर डोज लगाउने तयारी गरिरहेको छ ।  पछिल्लो साता नेपादमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया