काठमाण्डौंः अमेरिकामा कोरोना खोपलाई अनिवार्य गराउने राष्ट्रपति जो बाइडेनको प्रयासमा धक्का लागेको छ ।
ओमिक्रोन भेरिएन्टले कोरोना महामारी बढाईरहेको बेला राष्ट्रपतिको आदेशमा जारी भएका केही स्वास्थ्य मापदण्डलाई अदालतले खारेज गरिदिएको हो । ठूला कम्पनीका मजदुरहरुलाई कोरोना खोप अनिवार्य गराउने, मास्क अनिवार्य लगाउनुपर्ने तथा हप्ताको एक पटक कोरोना परिक्षण गराउनुपर्ने नयाँ नियम राष्ट्रपति बाइडेनले जारी गरेका थिए । तर, अमेरिकाको सर्वोच्च अदालतले यो आदेश खारेज गरिदिएको छ ।
राष्ट्रपतिले आफ्नो क्षेत्राअधिकार बाहिर गएर आदेश दिएको ठहर गर्दै अदालतले उक्त आदेश खारेज गरिदिएको हो । बरु अदालतले सरकारी लगानीमा संचालित स्वास्थ्य कार्यालयहरुमा भने कोरोना विरुद्धको खोपलाई अनिवार्य गर्न सकिने सिमित आदेश दिएको छ ।
अदालतको आदेशले अमेरिकामा कोरोना नियन्त्रणमा गरिएका निस्वार्थ प्रयासमा बाधा पुगेको राष्ट्रपति बाइडेनको प्रतिक्रिया छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया