काठमाडौंः त्रिभुवन विश्वविद्यालयले शिक्षाशास्त्र सङ्कायको नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय परीक्षा नियन्त्रण महाशाखाले शुक्रबार परीक्षाफल प्रकाशित गरेको हो ।
उक्त सङ्काय अन्तर्गत स्नातकोत्तर तह एम.एड. प्रथम सेमेस्टर नियमित र आंशिक मौका परीक्षाको नतिजा प्रकाशन गरिएको हो।
एक सूचना जारी गर्दै विश्वविद्यालयले २०७७ साल चैत्र ३१ देखि २०७८ साल बैशाख १२ गतेसम्म सञ्चालन भएको नियमित र आंशिक र मौका परीक्षाको नतिजा प्रकाशित गरेको जानकारी दिएको छ।
आजै बसेको परीक्षा सञ्चालक समितिको बैठकको निर्णय अनुसार प्रकाशन गरिएको हो। तपाईँ आफ्नो नतिजा तल हेर्न सक्नुहुन्छ। आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला । जनबोली
प्रतिक्रिया