काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लिपुलेक कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणविरुद्ध प्रतिवाद गर्न माग गरेको छ ।
राप्रपाका महामन्त्री भुवन पाठकले आज प्रेस विज्ञप्ति जारी गरी केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गरेको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरूद्ध रहेको बताएका छन् ।
’नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरूद्धमा छ।
कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरूद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ,’ पार्टीका महामन्त्री भुवन पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।राप्रपाले कूटनीतिक रूपमा वार्ता गरी निर्माण कार्य रोक्न आग्रह गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया