असार २६, २०८२ बिहिबार July 10, 2025

जर्मन बुन्डेस लिगा: लेवान्डोस्कीको ह्याट्रिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अनुभवी खेलाडी रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्धतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली म्युनिखले एफसी कोइनलाई ४–० अन्तरले पराजित गर्याे । पहिलो हाफमा २ गोल गरेको म्युनिखले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

म्यनिखको १९ औं जितमा लेवान्डोस्कीले ह्याट्रिक गरे भने करेन्टिन टोलिसोले एक गोल गरे । खेलको ७४ औं मिनेटमा गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । यस्तै, खेलको २५ औं मिनेटमा टोलिसोले गोल गरे ।

जितसँगै बायर्नले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । उसको १९ खेलबाट ४६ अंक छ । दोस्रो स्थानको डर्टमण्डको समान खेलबाट ४० अंक रहेको छ । पराजित कोइन भने समान खेलबाट २८ अंक सहित आठौं स्थानमा छ । न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया