असार २२, २०८२ आइतबार July 6, 2025

रूसी नेता पुटिन र इरानी राष्ट्रपतिबीच अर्को हप्ता मस्कोमा भेटवार्ता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम रायसीसँग वार्ता गर्नुहुने भएको छ ।

दुई नेताबीचको भेटवार्ताबारे रूसी प्रसारक रोसिया–१ ले आइतबार सो जानकारी दिएको हो ।

सन् २०२० को अगस्टमा राईसीले इरानको राष्ट्रपतिको रूपमा शपथ लिएपछि यी दुई नेताबीचको यो पहिलो आधिकारिक वार्ता हुनेछ ।

डिसेम्बर महिनाको सुरुमा एक पत्रकार सम्मेलनमा रूसी नेता पुटिनले नयाँ इरानी राष्ट्रपतिलाई सन् २०२२ को जनवरीमा मस्को भ्रमण गर्न आमन्त्रित गरेको जानकारी गराउनुभएको थियो । उहाँहरूबीच गत नोभेम्बरमा टेलिफोन वार्ता भएको थियो ।

दुई नेताबीच रूस–इरानबीचको कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउने, खाडी क्षेत्र, सिरियालगायतका मध्यपूर्वमा रहेका देशहरूको सुरक्षालगायत विविध विषयमा छलफल हुने बताइएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार