श्रावण २, २०८२ शुक्रबार July 18, 2025

माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खोल्ने सीसीएमसीसीकाे निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

मंगलबार गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा बसेको सीसीएमसीसीको बैठकले कोभिड विरुद्धको खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय संचालन गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढेसँगै सीसीएमसीसीले यसअघि माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । सरकारले १२ देखि १८ वर्ष भित्रका विद्यार्थीलाई कोराना विरुद्धको खोप प्रदान गर्ने कार्यक्रम तय गरेको छ । सोही कार्यक्रम अन्तर्गत माघ १६ गतेदेखि विद्यार्थीलाई खोप प्रदान गर्ने तयारी गरिएको हो ।

यसअघि बन्द गरिसकिएका विद्यालय खोप अभियान अवधिभरका लागि संचालन गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले जानकारी दिए । त्यस्तै सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ ।

बैठकमा लक्षित बर्गलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज कसरी पुर्‍याउने विषयमा पनि छलफल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया