असार २२, २०८२ आइतबार July 6, 2025

टोंगामा ज्वालामुखी विस्फोटः विमानस्थलको खरानी हटाउने कार्य सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रशान्त महासागरको टापु राष्ट्र टोंगामा ज्वालामुखी विस्फोटपछि उत्पन्न मानवीय संकट समाधानका प्रयास भइरहेका छन् । अत्यावश्यक आपूर्ति सुरु गर्न त्यहाँको मुख्य विमानस्थलबाट खरानीहरू हटाउने प्रयास भइरहेको विवरण सार्वजनिक भइरहेका छन् ।

राष्ट्रसंघका प्रतिनिधि जोनाथन भिचले विमानस्थलमा खरानी हटाउने काम सुरु भए पनि कठिन देखिएको बताएका छन् । उद्धारकर्ताहरूले ज्वालामुखी विस्फोटपछि उडेको खरानी हटाउन विमानस्थलमा खटिएका छन् । करिब २०० उद्धारकर्ताहरूले विमानस्थल सफा गरिरहेका छन् ।

शनिबार भएको विस्फोटमा एक ब्रिटिस नागरिकसहित चारजनाको मृत्यु भएको छ । विस्फोटपछि धुँवाको मुस्लो आकाशमा २० किलोमिटरमाथिसम्म पुगेको थियो । ज्वालामुखी विस्फोटपछि बाँकी संसारसँग टाेंगाको सम्पर्क टुटेको छ । एक लाख जनसंख्या रहेको टापु राष्ट्र टोंगा सात लाख वर्गकिलोमिटरको क्षेत्रमा फैलिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार