असार २२, २०८२ आइतबार July 6, 2025

सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गर्नुभएको छ । उहाँले केही समयदेखि यहाँ जारी रहेको हिंसाको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले अहिलेको हिंसा अन्त्य गरेर संयुक्त राष्ट्रसंघले मध्यस्थताका माध्यमबाट शान्ति स्थापना गर्न चाहेको मंगलबार बताउनुभएको हो । महासचिव गुटर्रेसले भन्नुभएको छ– सबैभन्दा पहिला त हामी यहाँको सरकारलाई हिंसा रोक्न आग्रह गर्दछौँ, हालैका दिनमा भएका प्रदर्शनहरुमा गरिएको जस्तो दमन तत्कालै बन्द गर्न पनि आग्रह गर्दछौँ ।

केही दिनअघि यहाँ नागरिकले गरेको प्रदर्शनमा घातक हतियारको प्रयोग गरी सरकारले दमन गरेको भन्दै यस्तो कार्य तत्कालै बन्द गर्न उहाँले आग्रह गर्नुभएको छ ।उहाँले यस्तो हिंसाबाट कुनै पनि किसीमको निकास निकाल्न सहज छैन भन्दै सुडानी सरकार र यहाँका सबै राजनीतिक शक्तिले समयमै यो कुरा बुझ्नुपर्ने उहाँले बताउनुभयो ।रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार