असार २४, २०८२ मंगलबार July 8, 2025

स्थानीय तहको निर्वाचनको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ । मंगलबार बसेको बैठकले कुनै निष्कर्ष दिन नसकेपछि आज अपरान्ह ४ बजे पुनः बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बस्ने बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गर्ने सम्भावना कम रहेको एक नेताले बताए ।

यता निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न थप नयाँ मिति सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ। आयोगले बैशाख २२ र २८ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिने प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले बताएका छन्। आयोगले यसअघि बैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गराउन सरकारलाई प्रस्ताव गरेको थियो।

प्रमुख आयुक्त थपलियाले पहिले प्रस्ताव गरिएको मितिमा निर्वाचन गर्न नसकिए दोस्रो विकल्पको रुपमा वैशाख २२ र २८ गतेको मिति प्रस्ताव गर्ने तयारी गरिएको बताएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया