असार २८, २०८२ शनिबार July 12, 2025

एसइई परीक्षा अब यो वर्षबाटै प्रदेश मातहत !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्टिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस वर्षको एसइई परीक्षा वैशाखमा गर्ने प्रदेश सरकारको सहकार्यमा बोर्डले तयारी अघि बढाएको जनाए ।

उनले संविधानले नै विद्यालय शिक्षा स्थानीय सरकारको अधिकारमा दिएको बताउँदै यसपटकको एसइई परीक्षा सञ्चालन र व्यवस्थापन जिम्मेवारी प्रदेश सरकारलाई दिने बोर्डले तय गरेको बताए । नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया