असार २४, २०८२ मंगलबार July 8, 2025

स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन : महामन्त्री गगन थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताएका छन् । महामन्त्री थापाले विहीबार ट्वीट गर्दै भनेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन ।’

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी बैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखिरहेका बेला थापाले यस्तो बताएका हुन् ।

असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यस सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ, भन्नेमा कांग्रेस प्रष्ट रहेको भन्दै उनले थप भनेका छन्, ‘निर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ । कांग्रेस प्रष्ट छ–असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया