श्रावण २, २०८२ शुक्रबार July 18, 2025

उपत्यकामा गुड्ने सवारीसाधनमा शुक्रबार रातिदेखि जोर-विजोर लागु (आदेशसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबारदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक र निजी सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्नुपर्ने भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया