असार २४, २०८२ मंगलबार July 8, 2025

प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच बालुवाटारमा पौने घण्टा गोप्य भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः सत्तारुढ गठबन्धनमा आवद्ध पाँचदल मध्येका प्रमुख दाबेदार दलका शिर्ष नेताबीच गोप्य वार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिबार साँझ उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनले आगामी राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह तथा सङ्घीय र प्रदेश तहको निर्वाचनका बारेमा छलफल भएको बताए ।

करिब ४५ मिनेट भएको छलफलमा स्थानिय प्रदेश र संघको निर्वाचनबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालबीच भोली शुक्रबार अपराह्न ४ बजे सत्तारूढ गठबन्धन दलको बैठक बोलाउने सहमति भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया