असार २६, २०८२ बिहिबार July 10, 2025

राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल आर्मी र गण्डकी प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा साबिक विजेता आर्मीले प्रदेश १ लाई ७–० को फराकिलो गोलले पराजित गर्‍यो । आर्मीका कमला चन्दले ४, नीलिमा पाण्डेले २ र सीतामाया बलले १ गोल  गरे । आर्मीकी अन्जना चन्द प्लेयर अफ दि म्याच घोषित भइन् ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकीले दोस्रो संस्करणको विजेता लुम्बिनी प्रदेशलाई २–० गोलले हरायो । कमलादेवी घर्ती पुन र नानु गुरुङले १–१ गोल गरे । गण्डकीकी सविना पुन राना  प्लेयर अफ दि म्याच बनिन् ।

विजेताद्वयको भेट सेमिफाइनलमा हुने छ । अर्को सेमिफाइनल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच हुने हक्की प्रशिक्षक रञ्जन थापाले जनाए । दुवै सेमिफाइनल शुक्रबार हुने छ । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया