असार २३, २०८२ सोमबार July 7, 2025

मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चासहित तीनवटा दलको दर्ता खारेज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ।

लेखापरीक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियमअनुसार तीनवटा दल खारेजीमा परेका हुन्।

आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् रहेका छन्।

यी तीनै दलले लेखापरीक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो।

३३ दलीय मोर्चाको नेतृत्व मोहन बैद्यले अनौपचारिक रुपमा गर्दै आएका थिए, उनको पार्टीले पुस २० भित्रमा लेखापरीक्षण प्रतिवेदन र जरिवाना दुवै नबुझाएपछि दल दर्ता खारेज गरिएको आयोगले जनाएकाे छ।न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया