काठमाण्डौः समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ‘बहुदलीय जनवाद’को खोल ओडेको नवफाँसीवादी तत्त्व भएको टिप्पणी गरेका छन्।
विनाकारण ६ महिनादेखि निरन्तर संसदमा अवरोध गर्ने‚ वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफाँसीवादी तत्त्व भएको भट्टराईको टिप्पणी छ।
उनले हिटलरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ भएको उल्लेख गर्दै चुनावबाटै आएको बताएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया