असार २२, २०८२ आइतबार July 6, 2025

चीनका लागि उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णय अव्यावहारिक : बेइजिङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ । यो सँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई अत्यन्तै अव्यावहारिक भएको बताएको छ।

वाशिङ्गटनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले स्पुतनिकलाई बताएअनुसार, अमेरिकाले यस भूमिमा चिनियाँ एयरलाइन्सको उडानहरू स्थगित गर्नु अत्यन्तै अव्यावहारिक छ। हामी अमेरिकी पक्षलाई चिनियाँ एयरलाइन्सद्वारा सञ्चालित सामान्य यात्रु उडानहरूलाई अवरोध र प्रतिबन्ध लगाउन रोक्न आग्रह गर्दछौं, पेंग्युले भने।

बाइडेन प्रशासनले कोभिड-१९ को कारण जनाउँदै केही अमेरिकी उडानहरू स्थगित गर्ने चिनियाँ सरकारको निर्णयको बदलास्वरूप अमेरिकाबाट चीनका लागि ४४ उडानहरू स्थगित गरेको थियो।

चीनका लागि निलम्बित उडानहरू जनवरी ३० देखि शुरु हुन्छ र सियामेन एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स कम्पनी र एयर चाइनाका उडानहरू त्यसमा पर्नेछन, स्पुतनिकले  जनाएको छ।

चीनले भर्खरै  कोभिड-१९ सङ्क्रमित यात्रुहरूको बृद्धिको कारण आफ्नो देशमा जाने केही अमेरिकी उडानहरू रद्द गरेको बताएको छ।

चीनको नागरिक उड्डयन प्राधिकरणले जनवरी १९ सम्म बाइडेन प्रशासनको बारम्बार आपत्तिको बाबजुद ४४  यात्रु उडान निलम्बित गरेको छ । रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार