असार २६, २०८२ बिहिबार July 10, 2025

भारतमाथि दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दक्षिण अफ्रिकाले भारतविरुद्धको तीन खेलको एकदिवसीय शृंखला ‘क्लिन स्विप’गरेको छ । प्रतिस्पर्धात्मक बनेको तेस्रो एकदिवसीयमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले शृंखला ३-० ले आफ्नाे पक्षमा पारेको हो ।

२८८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा सबै विकेट गुमाउदै २८३ रनमा समेटियो ।

भारतका विराट कोहलीले सर्वाधिक ६५ रन जोडे । यस्तै शिखर धवनले ६१ रन बनाउदा दिपक चाहरले ५४ रनको योगदान गरे ।

दक्षिण अफ्रिकाका लुंगी एनजीडी र एडिलेले ३-३ विकेट लिए । ड्वाने प्रिटोरीउसले २ विकेट लिए ।

यसअघि टस हारेर  ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउदै २८७ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका  क्विन्टन डी ककले १२४ रनको शतकीय इनिङ्स खेले । रस्सी भान डेर डुसेनले ५२ तथा  डेभिड मिल्लरले ३९ रनको योगदान गरे ।

भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए । यस्तै  दिपक चाहर र जस्प्रित बुम्राहले समान दुई विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया