असार २२, २०८२ आइतबार July 6, 2025

हैटीमा भूकम्पः दुई जनाको मृत्यु, २ सय घर ध्वस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कााठमाण्डौंः दक्षिण पश्चिम हैटीमा भूकम्प जाँद कम्तिमा दुई जनाको मृत्यु भएको छ । ५ दशमलब ३ म्याग्निच्युडको सो भूकम्पपछि २०० घर भत्किनुका साथै केही मानिस घाईते भएका छन् । भूकम्पपछि परकम्पहरु आइरहेका छन् ।

राजधानी पोर्ट अउ प्रिन्सबाट १३० किलोमिट पश्चिममा रहेको एउटा सानो तटीय सहरमा दुई जनाको मृत्यु भएको छ ।

भूकम्पको केन्द्र बिन्दु रहेको निपिज जिल्लामा २०० घर ध्वस्त भएका छन भने ६०० घर तथा टहरमा क्षति पुगेको छ । भूकम्पमा घाईते ५० जनाको उद्दार गरिएको छ ।

अगस्टमा ७ दशमलब २ म्याग्निच्युडको भूकम्प जाँदा दुई हजार २०० जनाको मृत्यु भएको थियो भने हजारौं घर भत्किएका थिए । त्यस्तै सन् २०१० मा गएको अर्को शक्तिशाली भूकम्पमा दुई लाख भन्दाबढीको मृत्यु भएको थियो । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया