असार २१, २०८२ शनिबार July 5, 2025

आर्मी र एपीएफको विजयी सुरुवात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपीएफको पुरुष टोलीले पाँचौ आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन्।

काठमाडौको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा शुक्रबार भएको खेलमा रारा बुलबुले क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले विजयी सुरुवात गरेको हो। एपीएफले रारालाई २३–२५, २५–१२, २५–२० र २५–१८ ले पाखा लगायो।

आजै भएको पहिलो खेलमा आर्मीले समूह ए को पहिलो खेलमा आरजी भलिबल ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्यो। पहिलो सेट २५–९ को फराकिलो अन्तरले जितेको आर्मीले दोस्रो सेट २५–१६ तथा तेस्रो सेट पनि २५–९ ले हराउँदै तीन अंक जोडेको हो।

महिलातर्फ भने होंगान्जी न्यू डायमन्ड र नेपाल पुलिस क्लबले खेल्नेछन्।

च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ। पुरुषतर्फको समूह एमा साविक विजेता त्रिभुवन आर्मी क्लब, आरजी भलिबल ग्रुप र नयाँ बजार सामाजिक क्लब छन्।
एपिएफ, बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ‘बी’ तथा नेपाल पुलिस क्लब, मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब समूह ‘सी’ मा छन्। राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्।

महिलातर्फ दुई विभागिय टोली साविक विजेता नेपाल एपिएफ क्लब, आर्मी, जावलाखेल र भरतपुर महानगर समूह ‘ए’ तथा न्यु डायमण्ड स्पोर्टस क्लब, पुलिस र ढोरपाटन स्पोर्टस् क्लब छन्। राउन्ड रोविनपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताका सहभागी टोलीले ३ जना सम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन्। विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन्।

माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन्। यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया