श्रावण २, २०८२ शुक्रबार July 18, 2025

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा विहीबार दिउँसो तीन बजे राष्ट्रपति भण्डारी भेट्न राष्ट्रपतिको कार्यालय शीलतनिवास पुग्नभएको थियो ।

करिब एक घण्टा जति भएको भेटवार्तामा स्थानीय तह चुनावको मिति घोषणाबारे सत्तारुढ गठबन्धनमा भइरहेको छलफल बारे राष्ट्रपतिभण्डारीलाइ प्रधानमन्त्री देउवाले जानकारी गराउनु भएको हुनक्ने बताईएको छ ।

यसैबीच प्रधानमन्त्री र राष्ट्रपतिबीच के–के विषयमा छलफल भयो भन्नेबारे जानकारी नभएको प्रधानमन्त्री देउवाका निजी सचिव जनक भट्टले बताए । उनले भने, ‘ प्रधानमन्त्रीज्यू तीन बजे शीतल निवास जानु भएको हो छ । के के बिषयमा कुराकानी भएको जानकारी छैन ।’

आजै प्रधानमन्त्रीले स्थानिय निकायको निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया