असार २६, २०८२ बिहिबार July 10, 2025

डि मारिया र मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ ।

शुक्रबार बिहान चिलीमा भएको खेलमा एन्जेल डि मारिया र लौटारो मार्टिनेजले पहिलो हाफमा गरेको अग्रता जोगाउदै अर्जेन्टिनाले आठौं जित निकाल्यो ।

खेलको नवाैँ मिनेटमा रोड्रीगो डि पौलको पास सदुपयोग गर्दै डि मारियाले अर्जेन्टिनालाई अग्रता दिलाए ।  बेन डाइजले २०औँ मिनेटमा गोल गर्दा घरेलु टोली चिली खेलमा फर्कियो । तर, मार्टिनेजले ३४ मिनेटमा गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाए ।

बाँकी समय दुबै टोलीले गोलका प्रयास गरेपनि सफल भएनन् ।

आज बिहान भएको खेलमा ब्राजिल र इक्वेडरले १-१ गोलको बराबर खेल्दै अंक बाँडेका छन् । ब्राजिल र अर्जेन्टिना यसअघि नै  विश्वकपको लागि छनोट भइसकेका छन् ।

ब्राजिल १४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ । जितपछि अर्जेन्टिना १४ खेलबाट  ३२ अंकसहित दोस्रो स्थानमा छ ।

इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा रहँदा अर्जेन्टिनासँग पराजित चिली १६ अंकसहित सातौँ स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया