असार २२, २०८२ आइतबार July 6, 2025

कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् ।यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो ।

त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानकारी दिएको छ ।यहाँका उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा यस्तो भिडन्त भएको थियो । सो भिडन्तका क्रममा उक्त विद्रोही समूहकाबीच पनि केही हताहत भएको अनुमान गरिएको छ ।

यता सेनातर्फ भने एकजना बटालियन कमाण्डर कर्णेलको पनि ज्यान गएको बताइएको छ । त्यसक्रममा यहाँको सेना र केही विद्रोहीहरु घाइते भएका छन् । कंगोली सैनिकले केही दिनयतादेखि यहाँ भिडन्त भएको बताएका छन् । रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया