असार २२, २०८२ आइतबार July 6, 2025

ब्राजिलमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ब्राजिलमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी पुगेको छ ।सरकारी अधिकारीहरूले शुक्रवार दिएको जानकारीअनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै ब्राजिलमा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड ५० लाख ३४ हजार ८०६ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।ब्राजिलमा यसअघि एक दिनमा दुई लाख २८ हजार ९५४ जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो ।

मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण ब्राजिलमा अहिलेसम्म छ लाख २५ हजार ८८४ जनाको मृत्यु भएको छ । ती मध्ये ७९९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।कोरोनाभाइरसका कारण धेरै मृत्यु भएका देशहरू मध्ये ब्राजिल दोस्रो क्रम सङ्ख्यामा पर्दछ । ब्राजिलमा भन्दा धेरै विश्वमै सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । तेस्रो धेरै मृत्यु भने भारतमा भएको देखिएको छ । रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया