काठमाण्डौः यमनका हुथी विद्रोहीहरुले युनाइटेड अरब इमिरेट्स, युएइमा गरेको मिसाइल हमलाको जिम्मेवारी लिएको छ ।
हालैमात्र यमनको युएइको सीमा क्षेत्रनजिकै मिसाइल हमला भएको थियो । हुथी विद्रोहीहरुले सञ्चालन गरिरहेको अल मासिराहा टेलिभिजनमार्फत् उनीहरुले सो हमलाको जिम्मेवारी लिएका हुन् ।
आइतबार मध्यराति सो टिभीमार्फत् हुथी विद्रोहीका एकजना कमाण्डरले उक्त क्षेत्रमा गरेको हमलामा आफूहरु जिम्मेवार रहेको बताएका हुन् । रासस-सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया