असार २८, २०८२ शनिबार July 12, 2025

दक्षिण कोरिया पहिलो पटक महिला एसिया कपको फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फिलिपिन्सलाई २-० अन्तरले पराजित गर्दै दक्षिण कोरिया भारतमा जारी एएफसी महिला एसियन कप-२०२२ को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार मुम्बईमा भएको खेलमा दक्षिण कोरियालाई जिताउन चो सो ह्युन र सन ह्वा येओनले एक-एक गोल गरे । पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्स भने कोरियाविरुद्ध फिक्का रह्यो ।

अब, उपाधिका लागि कोरियाले चीन र जापानबीचको विजेतासँग खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया