असार २२, २०८२ आइतबार July 6, 2025

लकडाउनमा पार्टी गरेपछि बेलायती प्रधानमन्त्री जोनसनका टिमका सदस्यले धमाधम राजीनामा दिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बेलायती के प्रधानमन्त्री बोरिस जोनसनको टीममा राजीनामा बुझाउने संख्या बढेको छ ।  उनका नीति सलाहकार एलीना नारोजास्कीले राजीनामा दिनेको सूचीमा नाम थपिएको हो । यस अघि प्रधानमन्त्री आवासका चार वरिष्ठ कर्मचारीले राजीनामा दिएका छन् ।

राजीनामाका बीच शुक्रबार प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो टीमसँग परिवर्तन राम्रो भएको बताए ।

जोनसन आफ्नो प्रधानमन्त्री पद जोगाउन लगातार संघर्ष गरिरहेका छन् । लकडाउनका क्रममा प्रधानमन्त्री निवासमा भएको पार्टीमा सहभागी भएको विषयलाई लिएर कन्जर्वेटिभ पार्टीका सांसद उनलाई पदबाट हटाइने छ या छैन भन्नेबारे बहस गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया