असार २८, २०८२ शनिबार July 12, 2025

लिभरपुल पाँचौँ चरणमा, लेस्टर बाहिरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इंग्लिस क्लब लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेकाे छ । याेसँगै लेस्टर सिटी बाहिरिएको छ ।

आइतबार भएको खेलमा कार्डिफ सिटीलाई ३-१ अन्तरले हराउँदै लिभरपुल पाँचौं चरणमा स्थान बनाएकाे हाे । लिभरपुलको जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले १-१ गोल गरे ।

कार्डिफका रुबिन कोलविलले सान्त्वना गोल गरे ।

अर्को खेलमा लेस्टर सिटी नटिंगघम फरेस्टसँग ४-१ अन्तरले पराजित हुँदै  बाहिरियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया