असार २४, २०८२ मंगलबार July 8, 2025

संसदीय समितिमा भूपु गोर्खा र एमसीसीबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संसदीय समितिमा मुलुकको कूटनीति अवस्था, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी), अवैतनिक दूतबाट हुँदैआएको निलो प्लेट सवारी साधनको प्रयोग र भूतपूर्व गोर्खा सैनिकका समस्यालगायत विषयमा सदस्यहरूले आवाज उठाएका छन् ।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सदस्यले मुलुकमा आम चासोको विषय बनेको एमसीसीबारे सरकार र राजनीतिक दलबाट जनतालाई स्पष्ट पार्न आवश्यक रहेको बताएका हुन् । सो अवसरमा समिति सभापति पवित्रा खरेल निरौलाले सारा नेपाली जगरुक भएर हेरिरहेको एमसीसीका विषयमा सांसद र समिति अनविज्ञ भएर बस्न नहुने भएकाले सरकार र राजनीतिक दललाई यस विषयमा प्रष्ट पार्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “एमसीसीका विषयमा हामीले अनविज्ञ भएर बस्ने शोभनीय हुन्न, हामीले राष्ट्रहितमा काम गर्नुपर्छ, मुलुक र जनताको हितमा धब्बा लगाउने काम गर्नहुन्न ।”

समिति सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्रनीति, सुरक्षानीति, कूटनीतिलगायत विषयमा कम्तीमा पनि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबीचमा राष्ट्रिय सहमति र साझा धारणा आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीकाबीचको साझा धारणाका आधारमा नीति तर्जूमा गरौँ, राष्ट्रिय आवाजका आधारमा अरु सरकारसँग कुराकानी गरौँ, त्यो सम्भव हुन सकिरहेको छैन, भूपु गोर्खाका सन्दर्भमा पनि विगतका सम्झौता पुराना भएकाले नयाँ सम्झौता गरेर जानुपर्छ ।” समिति सदस्य भूपु गोर्खासम्बन्धी समस्या समाधानका लागि सरकारले जुन गतिमा काम गर्ने पथ्र्याे त्यो नभएको प्रतिक्र्रिया दिनुभयो । उहाँले भन्नुभयो, “एमसीसीलगायत मुलुकका जल्दाबल्दा विषयमाथि सदनमा गहन छलफल आवश्यकता रहेकाले छलफलका लागि प्रमुख प्रतिपक्ष दलबाट बाटो खोल्न प¥यो ।

अन्योलको स्थिति अन्त्य हुनुपर्छ, अनुमोदन गर्ने वा नगर्ने अधिकार र दायित्व संसद्को हो ।” पूर्वउपप्रधानमन्त्री एवं समिति सदस्य भीमबहादुर रावलले कतिपय अवस्थामा लथालिङ र भताभुङ्ग देखिएको हाम्रो कूटनीतिलाई ठिक मार्गमा ल्याउन राजनीतिक दल, सरकार र समितिले मेहनत गर्नुपर्ने आवश्यकता आंैल्याउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय स्वाधिनता र राष्ट्रियहितका लागि छिमेकीलगायतसँग निर्धक्ककासाथ समयमै छलफल गरी बोल्नुपर्छ, भूपु गोर्खाका विषयमा तत्काल उच्चस्तरीय समिति गठन गरेर पहल होस्, एमसीसी राष्ट्रियहितको पक्षमा छैन ।”सदस्य दीपकप्रकाश भट्टले नेपाली राजदूत सिफारिस र नियुक्तीमा परराष्ट्र सेवामा रहेका अनुभविलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीले अघि सारेको एमसीसीलाई राजनीतिक दलले बुझेर वा नबुझेरपछि लागेका छन्, पछिल्ला पत्राचार राजनीतिको गैर कूटनीति अभ्यासका रुपमा लिन सकिन्छ ।”

अर्का सदस्य सुदन किराँतीले एमसीसीका विषयमा दल र जनता विभाजन देखिएकाले आवश्यक परेको खण्डमा जनमतसङ्ग्रहमा पनि जान सकिने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकमा राजनीतिले स्थायित्व नभएका बेला कूटनीति मात्रै कसरी सप्रिएला ! संसद्, समिति, राजनीतिक दल र सरकारका कदम र निर्णय केवल राष्ट्रिय हितमा हुनुपर्छ ।”

समिति सदस्य शेख चाँदतारा र सरला यादवले अवैतनिक दूतका नाममा एउटै परिवारका सदस्यको पुस्तान्तरण हुने र निलो प्लेटका नाममा हुने कूटनीतिक सवारीसाधनको दुरुपयोग रोक्न तत्काल आवश्यक कदम चाल्न पर्ने देखिन्छ भन्नुभयो । सांसदद्वय रेणुका गुरुङ, लीलादेवी सिटौला र सुजिता शाक्यले राजदूत नियुक्तीमा सविधानको मर्म र भावनाअनुरुप समावेशी र समानुपाति आधारमा गर्ने व्यवस्थालाई कडाइका साथ पालना गर्ने गराउनेमा ससदीय समितिले भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । समिति सदस्य प्रेम तुलाचनले राजनीतिक दल र प्रमुख नेता जिम्मेवार नहँुदा मुलुकमा यावत् समस्या उत्पन्न भइरहेको आरोप लगाउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार