असार २८, २०८२ शनिबार July 12, 2025

नेपाली क्रिकेट टिम ओमान प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नोभेम्बरमा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकप छनोटका लागि नेपाली टिम ओमान प्रस्थान गरेको छ । नेपाली टिम मङ्गलवार साँझ ओमान प्रस्थान गरेको हो ।

नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज लगायतले भर्चुअल बिदाइ गर्नुभएको थियो ।

मन्त्री गहतराजले क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगति गरेको भन्दै विश्वकपका लागि नेपाली टोली छनौट हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले विगतमा देखिएका कमीकमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।

ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्।। खेलहरू फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छन् ।

जस अन्तर्गत पनि दुई समूह मा विभाजन गरेर खेलाइने खेलमा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान एक अर्का विरुद्ध समूह चरणमा प्रतिस्पर्धा गर्ने छन् । अर्को समूह मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

दुवै समूहको शीर्ष दुई मा रहने चार टिम बिच सेमिफाइनलमा प्रतिस्पर्धा हुने छ । सेमिफाइनलबाट फाइनल पुग्ने दुई टिम विश्वकपमा स्थान बनाउने छन् । प्रतियोगिता अघि नेपालले चार देशीय टी–२० सिरिज खेल्ने छ । नेपालले आयरल्यान्ड, युएई र ओमान सहित तीन देशसँग प्रतियोगिता अघि प्रतिस्पर्धा गर्दै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार