असार २४, २०८२ मंगलबार July 8, 2025

प्रदेशसभाअन्तर्गत तीनवटै विषयगत समितिले पायो सभापति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लामो समयदेखि रिक्त मधेस प्रदेशसभाअन्तर्गत तीनवटै विषयगत समितिले सभापति पाएको छ ।

निर्वाचन प्रणालीबाट प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका नरेशकुमार यादव र कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का मदनसेन श्रीवास्तव निर्वाचित हुनुभएको छ ।

प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका जगत्प्रसाद यादव सर्वसम्मत निर्वाचित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सार्वजनिक लेखा समितिको सभापतिका लागि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट प्रह्लाद गिरी गोश्वामी र कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेबाट जगतारण देवीसाह सुडीले उम्मेदवारी दर्ता गराउनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया