काठमाण्डौः प्रतिनिधिसभाको बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा आज साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ । यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया