काठमाडाैंः स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
पार्टी सहमहामन्त्री भीष्मराज आङदेम्बेले स्थानीय तह निर्वाचनको अतिरिक्त म्याद सकिएका भातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा छलफल हुने बताए ।
कांग्रेसको पदाधिकारी बैठक कार्यसम्पादन समिति बैठक अगाडि बसेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया